सिमरा,अमलेखगञ्ज प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित छठिमाईघाटबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०२–०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बर प्लेटका दुई मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा फेला परेको हो।मोटरसाइकलमा सवार व्यक्ति प्रहरी टोलीलाई देख्नासाथ भागे पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ परेको व्यक्ति मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

Leave a Reply