पुष्पराज खतिवडा
मनहर्वा,आयोजक मौवा देवी युवा क्लबलाई २-० गोलले पाखा लगाउदै वीरगञ्जं यूनाईटेड पर्सा तेस्रो मनहर्वा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।बुधवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वा खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा वीरगञ्जं यूनाईटेडका अमर ढंगोल र सागर चौधरीले गोल गरेका थिए ।

खेलको पहिलो हाफको १८औं मिनटमा डंगोलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफाको ७३औं मिनटमा चौधरीले पुनः अर्को गोलमार्फत जित सुनिश्चित गरे ।यूनाईटडका खेलाडीले गोलको लागि पटकपटक अवसर पाएका थिए । यद्यपि थप गोल गर्न भने सकेनन् । महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा मौवादेवीले पनि घरेलु मैदानमा हार टार्न सकेन ।

जितसँगै यूनाईटेडले बिहीवारको विजेतासँग शनिवार उपाधिको लागि भिडन्त गर्ने छ । बुधवारको खेलमा वीरगञ्ज यूनाईटेडका खेलाडी अमर डंगोल मेन अफ दि म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पुरस्कार प्राप्त गरे ।
बिहीवारको दोस्रो सेमिफाईनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर र नवदुर्गा युवा क्लब सिमराबीच हुनेछ । रिगल हेटौंडाले रौतहट एफ.सि. रौतहटलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै सेमीफाईनल यात्रा तय गरेको थियो । यस्तै नवदुर्गा सिमराले बागमती युवा क्लब सर्लाहीलाई ५÷१ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतियोगिताका विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कार सहित ट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply