हेटौँडा, महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २ -टन भार क्षमता भएको पिक-अप ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ हेटौँडामा सार्वजनिक गरेको छ । बुधबार मकवानपुरको हेटौँडा – ७ न्युरेनिस्थित महिन्द्रा सोरुममा विशेष सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक-अप सार्वजनिक गरिएको हो ।

समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू, सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रह्यो । क्षेत्रीय बजारहरूमा सार्वजनिक गर्दै नेपालका अन्य मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको छ ।
भार क्षमता इन्धन इफिसियन्सि, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक अपले नेपाली बजारको सब २ मर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ । नेपालमा ग्राहकहरूको लागि यो पिक-अपको दुई हेभी-ड्युटी भेरियन्टहरू – एचडी १ .७ एलएक्स र एचडी २.० एक्स एसएक्सआइ उपलब्ध छ । एचडी १ .७ एल भेरियन्टको विशेष लन्जिङ मूल्य रू। २९ लाख ९५ हजार बाट सुरु हुन्छ भने एचडी २.० एक्स एसएक्सआइ को मूल्य रू। ३२ लाख ९५ हजार ९३२,९५,०००० बाट सुरु हुन्छ । यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त छन् ।

नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू ‘साना कमर्सियल गाडी’को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।ब्रान्ड प्रतिनिधिका अनुसार, “बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक(अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ । युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ ।

यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक(अप रहेको र यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राख्ने कम्पनीले जनाएको छ । बुधबार सो कम्पनीका बागमती प्रदेश प्रमुख रणबीर कुमार र हेटौंडा शाखाका प्रमुख अनन्त अधिकारीले उक्त गाडीहरु संयुक्त रुपमाा सार्वजनिक गर्नु भएको महिन्द्रा कम्पनीका हेटौंडा सोरुपका इचार्ज सुरज हमालले जानकारी दिनुभयो ।

Leave a Reply