दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकाको आयोजनामा बुधवार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ ।करैयामाई गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीजन सामुदायिक माध्यमिक विद्यालय मधुवन हरैयाको प्राङ्गणमा सम्पन सो सार्वजनिक सुनुवाइ कार्यक्रम गाँउपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, कार्यालयका सूचना प्रविधि अधिकृत लालबाबु कुशवाहा, योजना शाखा प्रमुख बिरेन्द्र वाईवा, स्वास्थ्य शाखा प्रमुख अर्मेन्द्र गुप्ता, ईन्जियर शम्भु जयसवाल, कार्यपालिका सदस्य दिपक पासवान, वडाअध्यक्ष सोनालाल साहलगायत स्थानीय जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकर विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि तथा संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply