निजगढ,विश्व शान्तिको लागि ह्वील चियरमार्फत मेची– महाकाली यात्रा सुरु गर्नुभएका इलाम नगरपालिका वडा नम्बर ८ का सन्देश बस्नेतको सोमवार निजगढ नगरपालिकामा स्वागत गरिउको छ । निजगढ नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरथ पुरीलगायत जनप्रतिनिधिहरुले बस्नेतको स्वागत गरेका हुन ।

कार्यक्रममा वडा अध्यक्षहरु रामचन्द्र कटुवाल, घनश्याम तिमल्सिना, स्वर्ण लामा, टेकबहादुर लामा, खानेपानी संस्थाका अध्यक्ष सुदर्शन कोइरालालगायत नगरपलिकाका कर्मचारीहरुले अभियान सफलताको लागि बस्नेतलाई शुभकामनासहित स्वागत गरेका थिए । यात्राको क्रमा बस्नेत सोमवार साँझ निजगढ आइपुग्नुभएको थियो ।

नेपाललाई विश्वसामु चिनाउने उद्देश्यसहित बुद्धजन्म भूमि लुम्बीनी, पशुपतिनाथ मन्दिर र लारुम्बाको पवित्र माटो छोएर विश्वका १७० भन्दा बढी देशको भ्रमण गर्न लाग्नुभएका बस्नेतले गत असोज ३ गतेबाट नेपालको पूर्वी सिमाना मेची पुलबाट अभियानको सुरु गर्नुभएको थियो ।

Leave a Reply