राजकुमार यादव

मौलापुर,नेकपा माओवादी केन्द्र देवाही गोनाही नगरपालिकाका नगर सचिव एवंम नगरपालिकको वडा नम्बर ६ बाट वडा अध्यक्षका प्रत्यासी पवन ठाकुर माओवादी सो पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

मंगलवार नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको हातबाट टिका लगाएर ठाकुर एमालेमा पार्टीमा प्रवेश गर्नुभएको हो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको विषेश पहलमा ठाकुर एमालेमा प्रवेश गर्नुभएको हो ।

त्यस्तै पूर्वमन्त्री साहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासमा पुगेर रौतहट जिल्लाका विभिन्न पार्टीका अगुवा नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको छ । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य प्रदिप पटेल, जसपाबाट राजपुर नगरपालिकाका मेयर प्रत्याशी मो. जैद राजा, नेपाली कांग्रेसबाट राजन उप्रेती लगायतका नेताहरुलाई पूर्वमन्त्री साहले एमालेमा प्रवेश गराउनुभएको हो । पछिलो समय रौतहटसहित मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले प्रवेश गर्नेको लहर चलेको देखिएको छ ।

Leave a Reply