सिमरा,नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई (सुनिल गाउँले) खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रोत्साहन पुरस्कार अन्तर्गत यस वर्ष मधेश प्रदेशबाट पत्रकार गाउँले पुरस्कृत हुनुभएको हो ।२५ हजार राशीको उक्त पुरस्कार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गाउँलेलाई प्रदान गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।गाउँले सिमराबाट प्रकाशित नयाँ इतिहास डटकमका सम्पादक हुनुहुन्छ । उहाँले यसअघि विभिन्न संचारमाध्यममा काम गरिसक्नुभएको छ ।खेलकुद मन्त्रालयले प्रत्येक वर्ष उक्त प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रत्येक प्रदेशबाट एक जना, समावेशी महिला एक जना, समावेशी दलित एक जना र खेलकुद पत्रकारिता सम्मानबाट एक जनालाई पुरस्कृत गर्ने निर्णय यसअघि नै गरिसकेको थियो ।
सोही निर्णय अन्तर्गत मन्त्रालयले औपचारिक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरेको हो ।

Leave a Reply