निजगढ, – नेपाली कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत निजगढ ९ का प्रदीपकुमार उप्रेतीले निजगढ नगर सभापतीको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नगर सभापतीको उम्मेदवारीको तयारीसँगै उप्रेतीले गगन थापा समूहबाट हालै निर्वाचित क्षेत्रीय प्रतिनिधिको पदबाट पनि राजीनामा दिनुभएको छ ।
उप्रेती गत असोज ३ गते नेपाली कांग्रेस निजगढ नगरपालिका– ९ को वडा अधिवेशनबाट गगन थापा समूहको तर्फबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
उप्रेतीले असोज १८ गते निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिनुभएको हो । राजीनामा पत्रमा उहाँले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधि, विधान र स्थापित प्रक्रियाअनुसार पार्टीका गतिविधि सञ्चालन हुनुपर्ने बताउनुभएको छ । उहाँले आफूलाई जानकारी नै नदिई तथा सम्बन्धित उम्मेदवारलाई प्रक्रियामा सहभागी नगराई केही व्यक्तिले आफूखुसी नाम राखेर निर्वाचित भएको भन्दै सामाजिक सञ्जालमार्फत घोषणा गरेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधि र विधानविपरीत उम्मेदवारलाई थाहा नदिइ मनोमानी ढंगले केही व्यक्तिहरूले आफूखुसी नाम राखी हामी निर्वाचित भयौँ भनेर सामाजिक सञ्जालमा घोषणा गरेको देख्दा आश्चर्यचकित परको छुँ ।’ उप्रेतीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
क्षेत्रीय प्रतिनिधिबाट राजीनामा दिएपछि उप्रेतीले नेपाली कांग्रेसको देउवा समूहबाट निजगढ नगर सभापतिमा उम्मेदवारी दिने तयारी अघि बढाउनुभएको छ ।
सो समूहबाट सीता अधिकारीले पनि नगर सभापतीमा दाबी गर्दै आउनुभएको छ । नगर सभापतीको लागि निजगढका युवा समाजसेवी खडकराज मैनालीको नाम पनि चर्चामा छ ।

Leave a Reply