वीरगञ्ज, 
प्रतिबन्धित भारतीय नोटसहित वीरगञ्जबाट ३ जना महिला पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा जा“च गर्दा वीरगन्ज १६ रजतजयन्ती चोकबाट २८ लाख ५६ हजार भारतीय रुपैया“सहित तीन महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुममा नुवाकोट जिल्लाको साविक गाविस शिखरवेसी ७ की ४५ वर्षीया अनिता तामा·, सोही ठाउ“की ४४ वर्षकी सरिता अग्रवाल र धादिङ घर भएकी ३० वर्षकी मञ्जु तामा· रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट भारतीय २ हजार र ५ सय दरका नोट गरि २८ लाख ५६ हजार रुपैया“ बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए ।

बरामद नोट र पक्राउ परेका महिलाहरुलाई आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए । नेपालमा भारतीय ५ सय, १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ । ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुदै आएकोमा अब भने कारोबारीले त्यस्ता प्रतिबन्धित नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालेका यो घटनाले देखाएको हो ।

Leave a Reply