निजगढ, – नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ निजगढ नगर कमिटीको अध्यक्षमा निजगढ वडा नम्बर ७ का मुकुन्द पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा वचत तथा ऋण सहकारी संस्थाको सभा हलमा आज सम्पन्न भेलामा पौडेलको अध्यक्षतामा महासंघको नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नगर महासंघको उपाध्यक्षमा वडा नम्बर ४ का रामराजा ढुङ्गाना, सचिवमा वडा नम्बर १० का सुजित कौडेल र कोषाध्यक्षमा वडा नम्बर ११ का सन्तोष दनुवार चुनिनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा झलक तामाङ नम्बर १३, सीताराम खतिवडा वडा नम्बर १२, गोबिन्दप्रसाद सापकोटा वडा नम्बर ६, शेरबहादुर कार्की वडा नम्बर ५, महेश्वर रिमाल वडा नम्बर १०, चन्द्रमणि दाहाल वडा नम्बर ५ र फागुप्रसाद चौलागाईं वडा नम्बर ८ रहनुुभएको छ ।
निजगढ ७ स्थित सगरमाथा वचत तथा ऋण सहकारी संस्थाको सभा हलमा भएको भेलामा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिव उमेश गुप्ता, महासंघ जिल्ला अध्यक्ष कुशबहादुर थापा, पार्टी प्रदेश कमिटी सदस्य अम्बिका चौलागाईं, जिल्ला कमिटी सदस्यद्वय दिनेश लामा र दिलबहादुर लामा तथा नगर कमिटी अध्यक्ष तिलक घलान सचिव, थानेश्वर सापकोटा लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

Leave a Reply