दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिकास्थित तामागढी बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष श्यामप्रसाद खनालको अध्यक्षता भएको सो साधारणसभाको कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा बत्ति बालेर उद्घघाटन गर्नुभएको थियो ।
साधारण सभामा आर्थिक वर्ष २०८०-०८१ को लागि वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष खनालले र लेखा प्रतिवेदन बिनोद खनालले सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।संस्थाका उपाध्यक्ष चिन्तामणीप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको सो सभामा सांसद मैनाली, कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, कोल्हबी नगरपालिकाको सहकारी विभाग प्रमुख पुरूषोत्तम ओलीलगायतका वक्ताहरुले शुभकामना मंन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा संञ्चारकर्मीहरु, संस्था संञ्चालक समितिका पदधिकारीहरु, संस्थाका कर्मचारीहरु, शेयरधनी शेयर सदस्दयहरुलगायतको उपस्तिथि रहेको थियो । नगरपालिकावडा नम्बर १ मा रहेको तामागढी ईभेन्ट भेन्यूको सभाहलमा भएको सो कार्यक्रमको संञ्चालन संस्थाका सचिव रामकुमार शिवाकोटीले गर्नुभएको थियो ।

Leave a Reply