रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको घोडसन ग्रामका करिब ३३ वर्षीय टुना दास रहेका छन्।

प्रहरीका अनुसार प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले बिहीबार दिउँसो बाराबाट रौतहटतर्फ जाँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर राखिएको नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका ५९३ थान र पाँच सय दरका ८१४ थान नोट रहेका छन्।

प्रहरीले रकम र मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply