कृष्ण मोहन साह

सेढवा,पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको आयोजना र धर्मेन्द्र तिम्सिना क्षितिज र टीका तिम्सिनाको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा–४, सुपौली गाउँको दलित बस्तीमा दलित बालबालिका तथा अतिविपन्न बालबालिकाको लागि निशुल्क टियुसन कक्षा केन्द्र घरको एक कार्यक्रमबीच मंगलवार उद्घाटन गरिएको छ ।

अमेरिकामा बस्ने धर्मेन्द्र र टीकाको १ लाख २५ हजार सहयोगमा केन्द्रको भवन निर्माण भएको हो । निशुल्क टियुसन कक्षा केन्द्रको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी रिबन काटेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा सहयोगीदाता धर्मेन्द्र र टीकालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यसैगरी सुपौलीको जग्गा दान गर्ने रामचन्द्र राम, आमा देवपती देवी र चन्द्रकिशोर राम ज्युलाई पनि सम्मानित गरिएको छ । सम्मानित हुनेमा दिपेन्द्र राम, पारमानद राम, सन्जोग राम, सुरेन्द्र पासवान , अशोक राम, शिव राम लगायतका छन ।

पर्साको ग्रामीण भेगका दलित समुदायको अहिलेसम्म शिक्षामा पहुँच रहेकोे छैन । दलित समुदायको साक्षरता दर निक्कै कम रहेकोे छ । शिक्षाको कमी भएको कारण गर्दा यो समुदायको राज्य र सबै क्षेत्रमा पहुँच र निर्णायक तहमा पुग्न सकेको छैन ।

पर्सा जिल्लामा अहिलेसम्म १ हजार दलित बालबालिकाहरु विद्यालय बाहिर रहेकोे तथ्याङ्क छ । विद्यालयमा पहुँच छैन, विद्यालय भर्ना रहेकोे छैनन् । विद्यालय भर्ना भएका दलित बालबालिकाको विद्यालयमा निरन्तरता छैनन् । गुणस्तरीय शिक्षा छैन, बालबालिकाको शैक्षिक सिकाइ छैन र उनीहरुको पढाइ पनि कमजोर छ । विद्यालयबाट घर आएपछि घुमघाम, खेलकुद गर्ने गर्द्छ्न बालबालिका ।

शिक्षामा पहुँच बढाएर दलित बालबालिकाको यस्तो अवस्थामा सुधार ल्याउन निशुल्क टियुसन कक्षा केन्द्र संचालन गरिएको हो । टियुसन कक्षा केन्द्रको लागि १ जना स्वयंसेवक शिक्षक राखिएको छ भने विभिन्न सहयोगीदाताहरुको सहयोग अभियान संचालन हुदै आएको छ ।

संस्थाका उपाध्यक्ष, अध्यक्ष र सुपौलीका चन्द्रकिशोर रामको विशेष पहलमा उहाँको बुबा रामचन्द्र राम र आमा देवपती देवीले ५ वर्षको लागि आफ्नो नामको जग्गामा घर निर्माण गराउनु भएको फाउन्डेसनको उपाध्यक्ष अध्यक्ष चन्द्रकिशोर रामले जानकारी दिनुभयो ।

यसैगरी फाउन्डेसन नेपालका सदस्य पारमानन्द रामले यो अभियानलाई पर्सा जिल्लाको सबै स्थानीय तह र मधेश प्रदेशको सबै जिल्लामा संचालन गर्ने योजना रहेकोे सुनाउनुभयो । टियुसन कक्षा केन्द्रमा १५० जना बालबालिका अध्ययन गर्ने गर्छन ।

केन्द्र उद्धाटन कार्यक्रमको अध्यक्षता जग्गा दाता रामचन्द्र राम, र प्रमुख अतिथि जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष चौधरी रहनुभएको थियो । कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालका सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सदस्य सुरेन्द्र पासवान, अशोक राम, सन्जोग रामलगायतको उपस्थित रहेकोे थियोे कार्यक्रमको सहजीकरण फाउन्डेसनका अध्यक्ष मनोज रामले गुर्नभएको थियो ।

Leave a Reply