काठमाण्डौं,चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव २ प्रतिशतले बढेको चीनमा १ करोड २० लाख रोजगारी सृजना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको खबरमा उल्लेख छ ।पछिल्ला चरणहरूमा चीनले सामाजिक बीमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको छ ।देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि सूचकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरेको अधिकारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here