सिमरा, १० साउन– नेकपाका नेता एवम बकुलिया क्याम्पस संचालक समितिका अध्यक्ष देवनारायण चौधरीले बकुलियालाई कृषि जोनको रुपमा स्थापित गर्नुपर्ने कुरा बताउनुभएको छ ।

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको टेङ्गरहरमाई कृषि सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार उहाँले सो कुरामा बताउनुभएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले धान, गहु उत्पादनको दृष्टिले यस क्षेत्रको माटो उर्वर रहेको भन्दै कृषि सहकारीले किसानको चाहनाअनुसार बकुलियालाई कृषि जोनको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

 

टेङ्गरहरमाई कृषि सहकारी संस्थाका अध्यक्ष गौतमप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा समीश्रण कृषि सहकारीका अध्यक्ष राधेकृष्ण चौधरी, कृष्ण चौधरी, अन्नत चौधरी, दिपेन चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

रमेश चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन कोषाध्यक्ष राधेश्याम चौधरीले प्रस्तुत गर्नुभएको थियो भने स्वागतमन्तब्य सुशिला देवीले राख्नुभएको थियो ।

Leave a Reply