कृष्ण मोहन साह
सेढवा – कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि अपनाउनु पर्ने उपायको बारेमा साेमबार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा सर्वपक्षीय भेला समपन्न भएको छ । भेलाले सुवर्णपुरबाट लामो दुरि तथा छोटो दुरिका लागि चल्ने सबै चार पाङ्ग्रे सवारी साधनहरु बन्द गरिने सुवर्णपुरमा अति आवश्यक काम बाहेक बाहिरको मानिसहरुको आवतजावत गर्न नदिने जनाएका छन् ।
जिराभावनी गाउँपालिकाबाट ठोरी प्रवेश गर्ने मुख्य नाकाहरुमा हेल्थ डेक्स राख्ने र सुवर्णपुर चोकमा रहेका सबै होटेलहरु बन्द गरिने र किराना पसल र तरकारी पसलहरु बिहान ८ बजे देखि १० बजे सम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्ने र पाच जना भन्दा बढी एक ठाउँमा भेला हुननदिने निर्णय गरिएको सुवर्ण पुर का युवा बिमल प्रधान ले जानकारी दिनुभयो ।
भेलामा वडा सदस्य बिरबहादुर तामाङ , जरि लामा, चन्द्र बहादुर श्रेष्ठ , सशस्त्र प्रहरी बोर्डर आउट पोस्टको सशस्त्र प्रहरी निरीक्षक सागर मल्ल प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक उपेन्द्र चौधरी ठोरी गाउँपालिकाका स्वास्थ संयोजक रमेश राज थिङ लगाएत विभिन्न पार्टीका नेता कार्यकर्ता र युवाहरुको सहभागीता रहेको थियो ।