राजन कुमार बानिया
पोखरिया,लहावरथकरी गुल्म तथा सीमा सहजीकरण समिति पकहाँ मैनपुरको आयोजनामा शनिवार पकहाँ मैनपुर गाउँपालिका– ४ मा महिला साइकल रेस तथा पुरुष म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको खेलकुद कार्यक्रम– २०८२ अन्तर्गत आयोजित उक्त प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तर्गत महिला साइकल रेसमा श्री रमचरित्र भगत मावि पकहाँ मैनपुरकी गीताकुमारी साहनी प्रथम, गोल्डेन लाईफ कोचिङ सेन्टर सबैठवाकी अस्मिता चौरसिया द्वितीय र जह्राराना खातुन तृतीय भएका छन ।
त्यसैगरी पुरुष म्याराथनमा गोल्डेन लाईफ कै आदित्य कुशवाहा प्रथम, रवि साह द्वितीय र आकाश राम तृतीय भएका छन् । विजेताहरुलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रम पकहाँ मैनपुर गाउँपालिका– ४ का वडाध्यक्ष एवं सीमा सहजीकरण समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठक, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति एपसी पुरणचन्द्र भट्ट, डिएसपी लोकनाथ उप्रेती, वडाध्यक्ष सञ्जय चौहान, बलिराम चौरसिया, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर प्रदीप पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण पत्रकार छठू साहले गर्नुभएको सो कार्यक्रममा सीमा क्षेत्रका स्थानीयसँग समन्वय, सहकार्य, जिम्मेवारी र मित्रवत व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी उप्रेतीले बताउनुभयो ।



















