सिमरा,नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले बिहीवार बाराको प्रसौनीमा नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । प्रसौनी गाउँपालिकास्थित चटिया बाबा खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताको नेता महतले उद्घाटन गर्नुभएको हो ।प्रतियोगिताको उद्घाटन गर्दै नेता महतले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताउँदै क्रिकेटको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा संविधान सभाका सदस्य लालबाबु सिंह, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनिल गुप्तालगायतको उपस्थिति रहेको थियो ।इलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता फागुन २७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन र त्रिदेव एग्रो एण्ड कोल्ड स्टोर सहप्रायोजन गरेको छ । प्रसौनी गाउँपालिका प्रतियोगिताको सहयोगीको रुपमा रहेको छ ।सौजन्य तस्बिर
















