वीरगञ्ज,प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरि निकालिएको छ ।
प्रेस चौतारी पर्साको आयोजनामा भएको सो प्रभातफेरि वीरगञ्जको घण्टाघरबाट सुरु भएर माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कोण सभालाई सम्बोधन गर्दै प्रेस चौतारीका मधेश प्रदेश सहइन्चार्ज श्याम बन्जाराले सञ्चार क्षेत्रका समस्या र मुद्दालाई अझै सशक्त भएर उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

चौतारीमा आवद्ध पत्रकारहरुले जनताका मुद्दालाई मुख्य प्राथमिकतामा राखेर सक्रियपूर्वक काम गर्नुपर्ने प्रेस चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष महेश दासले बताउनुभयो । कोण सभालाई नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीलगायतले सम्बोधन गरेका थिए ।कार्यक्रममा प्रेस चौतारी पर्साका इन्चार्ज शत्रुघन नेपाल, पत्रकार किरणराज पाण्डे, महेशचन्द्र गौतम, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिव मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here