निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले वडाभित्रका किसानहरुलाई तरकारीको बिउ वितरण गरेको छ ।वडा कार्यलयले आफ्ना वडावासीहरुलाई करेसाबारीमा लगाइने विभिन्न जातको तरकारीको बिउ वितरण गरेको हो । करेसाबारीमा लगाउने विभिन्न प्रजातीको बिउहरु वडाले एक कार्यक्रमबीच वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतले किसानहरुलाई हस्तान्तरण गरेका हुन् ।बिउ वितरण कार्यक्रममा वडा सदस्य आशा श्रेष्ठ, मिना सुनार, केशवप्रसाद अधिकारी, कृष्णबहादुर मोक्तान, वडा कार्यालयका सचिव सुजित कर्णलगायतको उपस्थिति रहेको थियो ।


















