पुष्पराज खतिवडा
मन्हर्वा –  विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले मुलुक लडकडाउन गरेको छ । यही चैत्र ११ गतेबाट जारी लकडाउनका कारण दैनिक ज्याला गरी गुजारा गर्दै आएका असंगठित क्षेत्रका मजदुर, विपन्नहरु मारमा परेका छन् । उनीहरुको जीवन रक्षाका लागि सरकारी निर्णय अनुसार धमाधम खाध्यान्न लगायतका सामाग्री वितरण भैरहेका छन् । स्थानिय सरकारले निश्चीत बजेटको ब्यवस्थापनमा अती विपन्न समुदायको छनौट गरी खाध्यान्न वितरण गरेका हुन् ।

 

 

 

जिल्लाका जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, निजगढ, कोल्हबी ,महागढीमाई, सिम्रौनगढ, पचरौता नगरपालिकाहरुले धमाधम विपन्नलाई राहत वितरण गरिरहेका छन् । यस्तै आर्दर्श कोतवाल, करैयामाई, देवताल, परवानीपुर, प्रसौनी, फेटा, बारागढी, सुर्वण र विश्रामपुर गाउँपालिकाहरुबाट समेत विपन्नको पहिचानगरी राहत सामाग्री वितरण भैरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जिल्लाका १६ वटै स्थानिय तहहरुबाट राहत वितरणको काम भैरहेको छ, विवरण संकलनका क्रममा रहेकाले यतीनै परिवारले राहत बुझे भन्नेकुरा अहिले भन्न सकिने अवस्था नरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले बताए ।

 

 

 

 

अतीनै कमजोर मजदुरी गरी विहान बेलुकीको छाक टार्दै आएका परिवारमा दाल, चामल, तेल, नुन र साबुन वितरण सुरु गरिएको उनले बताए । उनीहरुले संवन्धित वडा समितिको अगुवाईमा विपन्नहरुको पहिचान गरी खाद्यान्न सहितका राहत सामाग्री वितरण गरिरहेका छन् ।

 

 

 

जिल्लाका कलैया उपहानगरपालिकाले करिब १८ हजार परिवारमा राहत वितरण गर्ने जनाएको छ । यद्यपी हुने खानेहरुले समेत राहत सामाग्रीमा दावी गर्दा समस्या भैरहेको कलैया नगरपालिकाका मेयर राजेशराय यादवले जानकारी दिए । उनका अनुसार सर्वदलिय प्रतिनीधि, प्रहरी, सेना ,कर्मचारी जनप्रतिनीधिहरुको रोहबरमा विपननको छनौट गरी राहत वितरण भैरहेको बताए । १५ केजी चामल ५ केजी आलु, आधा लिटर तेल, चना त्यस्तै १÷१ केजी दाल, नुन र १ वटा हात धुने साबुन वितरण गएिको उनले जानकारी दिए । कुनै किसिमको विवाद नरहेको उनले बताए ।

 

 

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाले पनी कार्यपालिकाबाट निर्णय गरी राहत वितरण गरिरहेको जनाएको छ । आफ्नो नगरपालिका भित्रका करिब १० हजार परिवारमा राहत वितरण गरिने मेयर डा. पौडेलले बताए । राहत वितवरणका लागि नामावली संकलनमै समस्या भैरहेको छ । जनप्रतिनीधिहरुनै केन्द्रीय निर्देशिका मान्न तयार छैनन् । वडाका सबैलाई पुग्नेगरी दिनुपर्ने अडानका कारण राहत वितरण गर्न समस्या भैरहेको पौडेलले बताए । केन्द्रले तोके अनुसार नै कतीपय वडामा ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २÷२ केजी नुन चिनी र ४ वटा हात धुने साबुन वितरण गर्ने कार्य भैरहेको छ । भने कतीपय वडामा राहत वितरण गर्न समस्या भैरहेको उनले बताए ।

Leave a Reply