कलैया,बाराको कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाबीच पालिकाको सीमा विवादमा दुबै पालिकाका नगर प्रहरीबीच झडप भएको छ । घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन् ।कलैया उपमहानगरपालिका वडा नम्बर– २६ सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको हो ।

महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड तोडफोड गर्न खोजेपछि विवाद चर्किँएको थियो । त्यसपछि दुई पक्षबीच सुरु भएको भनाभन झडपमा परिणत भएको स्थानीयले बताएका छन् ।कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार झडपमा लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन् । उनीहरूको जिल्लाको परवानीपुरस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी महागढीमाई नगरपालिका तर्फका नगर प्रहरी धर्मराज यादव घाइते भएको नगर प्रहरी इन्चार्ज अनिल लहेराले जानकारी दिनुभयो । घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
कलैया २६ को सिस्वा–महेशपुरस्थित उक्त पोखरी नजिकै संघीय सरकारको खानेपानी आयोजनाको परिसर विस्तार गर्ने क्रममा दुई पालिकाका नगर प्रहरीबीच विवाद सुरु भएको थियो ।महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार घटनामा कलैयाका नगर प्रहरीहरू लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन् र उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी महागढीमाई नगरपालिकाका नगर प्रहरी धर्मराज यादव घाइते भएको र उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको महागढीमाईका नगर प्रहरी इन्चार्ज अनिल लहेराले जनाउनुभएको छ ।कलैया र महागढीमाईको सीमा क्षेत्रमा पर्ने छठिया पोखरीको सीमा विषय लामो समयदेखि विवादित रहँदै आएको छ ।


















