औषधि पसल अनुगमनमा गएका औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगञ्जका कर्मचारीमाथि रौतहटमा हातपात भएको घटना सार्वजनिक भएको छ ।स्थानीयहरुको भिडले गरेको हातपातबाट विभागका फार्मेसी निरीक्षक र फार्मेसी अधिकृतसहित तीन जना घाइते भएको पनि बताइएको छ । औषधी आफैमा संवेदनशिल कुरा भयो नै । दर्ता बिना पसल संचालन गरेर बिक्री वितरणमा रोक लगाइएको औषधि समेत बिक्री गरेको उजुरीको आधारमा अनुगमन गर्न औषधी व्यवस्था विभाग वीरगञ्ज कार्यालयका प्रमुख शम्भु साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि र नेपाल प्रहरी निरीक्षक सहितको टोलीले जिल्लाको राजपुर नपा वडा ४ मा संचालनमा रहेको पसलको चेकजाँच गर्दा कुनै पनि कागजात फेला नपरेपछि पसलमै बसेर मुचुल्का गरि रहँदा पसलबाट एकजना मानिस बाहिरिएको केही समयपछि आएको महिलाहरुसहितको भिडले आक्रमण गरि कर्मचारीहरुलाई घाइते बनाइदिएको हो ।
यो उनीहरुको अराकजता हो । यस्ता अराजकता गर्नेहरुलाई कारबाही गर्नैैपर्दछ । उनीहरुले कानुनको मात्रै होइन मानिसको जीवनसंग पनि खेलवाड गरेका छन् । औगषधी भनेको त डाक्टरको सिफारिस बिना बिक्री गर्न मिल्दैमिल्दैन । स्थानीयले फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मामाथि हातपात पनि आक्रमण गरेका थिए । कर्मचारीलाई बचाउ गर्न खोज्दा राजपुर वडा ५ बस्ने ५५ वर्षिय सुमित्रा देवीसमेत घाइते हुनुभएको छ ।घाइते तीनै जनाको प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारको लागि ल्याइएको छ । फार्मेसी निरीक्षक जयसवाल र फार्मेसी अधिकृत शर्माको अवस्था समान्य रहेको र सुमित्रा देवीको उपचार भइरहेकोे पनि भनिएको छ । यस्ता अराजक क्रियालकपमा संलग्नहरुलाई कारबाही गर्नुपर्दछ । यसमा प्रशासनले कुनै संझौता गर्न नै हुदैन ।मानिसको स्वास्थ्यसंग खेलवाड गर्नेहरुलाई हदैसम्मको कारबाही हुुनुपर्दछ । यस्ता गतिविधि भनेको अराजकताको पराकाष्ठा नै हो ।
















