वीरगञ्ज,औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल)को गुणस्तर न्यून फेला पारेको भन्दै बिक्रीमा रोक लगाएको छ ।विभागले आइतबार एक सूचना जारी गर्दै कम्पनीको सिटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याब्लेट बिक्री वितरणमा रोक लगाएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री÷वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ ।‘यस विभागबाट बजार अनुगमनको क्रममा सङ्कलन गरिएका केही ऐलोपेथिक औषधिको नमुना श्री राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित केही ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट भएको औषधि, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विभागको पत्रमा उल्लेख छ ।साथै उक्त ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

















