सिमरा,फागुन २१ गतेदेखि हुने भनिएको जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको मिति सारिएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलवार राति सूचना जारी गर्दै गोल्डकपको मिति सारेको हो ।मोफसलमा एकैपटक पाँच वटा प्रतियोगिता आयोजना भईरहेको र जसका कारण रेफ्री उपलब्ध हुन नसक्ने भएकाले प्रतियोगिता सारिएको क्लबद्धारा जारी सूचनामा उल्लेख छ । अखिल नेपाल फूटबल संघ (एन्फा) को आग्रहमा मिति सार्न लागिएको उल्लेख गर्दै क्लबले अब चैत ८ गतेदेखि १५ गतेसम्म प्रतियोगिता आयोजना हुने जनाएको छ ।

Leave a Reply