निजगढ,निजगढ– ११ रतनपुरस्थित रतनपुरी स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा जाँच शिविरमा ११ जनामा मोतियाविन्दु फेला परेको छ ।निजगढ तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क परीक्षण शिविरमा सहभागस् ७० जनामध्ये ११ जनामा मोतियाविन्दु फेला परेको स्वास्थ्य चौकीका इन्चार्ज दिनेश परियारले जानकारी दिनुभयो । उनीहरुको बिहीवार तिलगंगा आँखा अस्पताल निजगढ ९ मा निःशुल्क शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।
शिविरमा २० जना दाँतका विरामीको पनि परीक्षण र उपचार गरिएको छ । तिलगंगा निजगढका नेत्र सहायक अमन चौधरीको नेतृत्वमा मन्जुकुमारी बस्नेतको टोलीले आँखा परीक्षण गरेको थियो भने सिम्रन डेन्टल क्लिनिक बुद्धचोकका विनय कश्वाहले दाँतको परीक्षण तथा उपचार गर्नुभएको थियो । शिविरमा परीक्षण, परामर्श र औषधि वितरण गरिएको थियो ।

Leave a Reply