जियालाल चौधरी

कोल्हबी,मधेस प्रदेसस्थित बाराको कोल्हबीमा नेपाल लाईफ ईन्सुरेन्सको एजेन्सी व्यवस्थापक श्रीराम साहको सम्पर्क कार्यालय बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।व्यवस्थापक साहको अध्यक्षता र नेपाल लाईफ ईन्सुरेन्स अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष अम्बिकाप्रसाद तेलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोल्हबी नगर उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी साह कलवार, समाजसेवी तपेश्वर राय चौधरी, व्यवसायी सुकदेब साह रौनियार, नेपाल लाईफ निजगढ उपशाखा प्रमुख कमल बन्जारा, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिङ अधिकारीलगायत इन्सुरेन्सको विभिन्न शाखाका एजेन्सी व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply