दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ चेरवन्त पथरा रहेको मुरारी मार्केटमा मंगलवार निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।तामागढी बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र खोपवा बारा तथा रोटरी क्लब अफ हेटौडा,रोट्रयाक्ट क्लब अफ हेटौडा,सामुदायिक आँखा अस्पताल हेटौडा र बारागढी सामुदायिक सीकाइ केन्द्र चरवन्त पथराको सयुक्तआयोजनामा सो आँखा शिबिर भएको थियो ।

वडा नम्बर ५ का वडा अध्यक्ष मैनेजर चौधरीको अध्यक्षतामा सम्पन्न सो शिबिरमा महिला र पुरुष गरी ३ सय ६ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये ६९ जना बिरामीहरुमा मोतियाबिन्दु देखिएको उनीहरुको आँखाको शल्यक्रिया हेटौडा सामुदायिक आँखा अस्पातालमा हुने आयोजकले जानकारी गराएको छ ।

आँखा शिबिरमा आएका बिरामीहरुलाई हेटौडा सामुदायिक आँखा अस्पतालकी नेत्रचिकित्क डा. सुशील सिंहको नेतृत्वमा आँखा रोग विशेषज्ञहरुको टोलीले परीक्षण गरेको थियो । शिबिरमा बारागढी सामुदायिक सीकाइ केन्द्रका अध्यक्ष मुरारीप्रसाद चौधरी, बारागढी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जलमती चौधरी, तामागढी बचत तथा ऋृण सहकारी संस्था लि.खोपवा सेवा केन्द्रका प्रमुख कुमारसानो प्रसाद चौधरी, तामागढी बचत तथा ऋण सहकारी संस्था लि.कोल्हवीका मुख्य प्रबन्धक बासुदेव रिमाल, पृथ्विराज शिवाकोटी, समाजिक परिचालिका पबित्रीकुमारी चौधरी, समाजसेवी हरेन्द्रप्रसाद यादव, वडा सदस्य बिनोद सहनी, बारागढी सामुदायिक सीकाइ केन्द्रका संञ्चाल समितिका पदधिकारीहरु, संञ्चारकर्मीलगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply