तराई मधेशमा व्यप्त रहेको दाइजो प्रथा नियन्त्रणका लागि प्रयासहरु भइरहेका छन् । तर सबै प्रयासहरुले प्रभावकारी रुपमा काम गरेको देखिएको भने छैन । हुन त दाइजो प्रथा तराई मधेशमा मात्रै होइन पहाडतिर पनि छ तर पहाडतिर भने अलि फरक रुपमा दाइजो प्रथा रहेको पाइन्छ । तराई मधेशमा भने सिधै दाइजो प्रथामा केटाहरुसंग मोलतोलाइ हुने गर्दछ ।

जुन आफैमा कानुनतः दण्डनीय कार्य हो । दाइजोको बारेमा सबै कुरा कुरा समाजका पढे लेखेका व्यक्तिहरुलाई समेत थाहा भए पनि उनीहरुले समेत दाइजो प्रथालाई सहज रुपमा लिएको देखिन्छ । ठूला र सरकारी ओहोदामा रहेकाहरुले समेत यसको ख्याल गरेको पाइदैन । त्यसैले पनि दाइजो प्रथा अझैपनि कुरितिको रुपमा रहेको छ ।

त्यसो त दाइजो प्रथा नियन्त्रणका लागि अझै अभियान संचालन गर्न भने आवश्यक छ । दाइजोमा संलग्नहरुलाई कारबाही गरेको कुरा पनि बाहिर आएको छ । रौतहटमा हालै एक भारतीय नागरिक पक्राउ परेको भनिएको छ र कारबाही गरिएको छ तर कारबाही प्रभावकारी हुनुभन्दा पनि चेत चैं खुल्न आवश्यक छ । चेत राम्रोसंग नखुलेका कारण पनि यो प्रथा समाजमा बढेको हो ।

Leave a Reply