विवाह समाजिक बन्धन हो । विवाह एक पटक गरेपछि संभवत ः दुई पटक गर्न नपरोस । बिहे गर्नै परेपनि त्यसमा थोरै हिनतावोध र पछुतो पनि होस । स्मरण रहोस विवाह भनेको कुनै खेलौना र खेलवाड होइन अनि महिला भनेको पनि खेलौनाको साधन पनि होइनन् । पुरुष प्रधान समाजमा महिलामाथि विभेद र दमन हुनु सामान्य मानिएला तर महिलामाथि अन्याय गर्नु सामाजिक र कानुनी दुबै हिसावले अपराध हो । विवाह जस्तो पवित्र सम्बन्धलाई ख्यालख्याल ठान्नेहरुलाई सबक सिकउन आवश्यक छ ।

बारामा एकजना चेली श्रीमानले छाडेपछि लामो समयदेखि बिचल्लीमा परेको कुरा बाहिर आएको छ । उनका पति भनिएकाले दोश्रो विवाह गरेपछि उनी समस्यामा परेको कुरा आएको छ । नेपालमा बहुविवाहलाई मान्यता दिने कुरा एकादेशको कथा भइसकेको छ । अब बहुविवाह अपराध हो । पहिलो श्रीमती हुँदाहुदै दोश्रो विवाह गर्नेलाई कानुन र समाजले पनि छुट दिन हुन्न ।

२०७५ सालमा आएको नयाँ कानुनले बहुविवाहलाई अपराध भन्दै स्पष्ट कानुनी कारबाहीको कुरासहित कारबाही हुने कुरा समेत उल्लेख गरेको छ । त्यसैले पनि यस्ता चेलीहरुले जसरी पनि न्याय पाउनु पर्दछ । न्याय दिलाउनेहरुले पनि सोच्न आवश्यक छ । यस्ता चेलीहरुको आँशु पुछ्ने दायित्व राज्यका सबै तप्काको हो ।

Leave a Reply