Vice President Kamala Harris and House Speaker Nancy Pelosi of Calif., right, react as Ukrainian President Volodymyr Zelenskyy presents lawmakers with a Ukrainian flag autographed by front-line troops in Bakhmut, in Ukraine's contested Donetsk province, as he addresses a joint meeting of Congress on Capitol Hill in Washington, Wednesday, Dec. 21, 2022. (AP Photo/Jacquelyn Martin)

काठमाण्डौं,युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ’व्यापक योजना’ तयार गरिरहेको बताउनुभएको छ । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गर्नुभएको हो । उहाँले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताउनुभयो ।युक्रेनले शान्ति वार्ता शुरू हुनअघि क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने अडान लिएका कारण लामो समयदेखि दुई देशबीच वार्ता भएको छैन । पछिल्लो समय रुसी सेनाले युक्रेनमा आक्रमण बढाएका छन् ।युक्रेनको झन्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औँल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताउनुएको छ ।

Leave a Reply