आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत कार्यरत बाल विकास, नगर शिक्षक, विद्यालयका कर्मचारी र सहायक कर्मचारीले सुरु गरेको धर्ना आइतवारबाट स्थगित भएको छ ।नगरपालिका प्रमुख किशोरप्रसाद कलवारले धर्नाकारीहरुको माग र समस्या समाधान गर्ने आश्वासन दिएपछि धर्ना स्थगित भएको हो । शिक्षकहरुको माग शंवोधन गर्ने बारेमा आइतवार नै नगरपालिका र धर्नाकर्ताबीच वार्ता भएको थियो ।नगरपालिका अन्तर्गत कार्यरत शिक्षक, कर्मचारीहरुले आफूहरुले पाउनुपर्ने तलबको माग गर्दै गत बिहीवारबाट नगरपालिकाको मुख्य मेटमा धर्ना गर्दैआएका थिए ।


















