बीरगंज १५ कार्तिक ।
बीरगंज जीतपुर गौशालाले आज भव्य रुपमा ११६ औं गोपाष्टमी बार्षिकोत्सव एवं साधारण सभा सम्पन्न गरेको छ । ११६ औं बर्षको लामो इतिहास बोकेको यो गौशाला नेपालमै सबैभन्दा जेठो गौशालाको रुपमा रहेको छ । सो कार्यक्रममा यस बीरगंज जीतपुर गौशालाका अध्यक्ष प्रतिष्ठित उद्योगपति, समाजसेवी, मृदुभाषी, गायसंग असाध्यै लगाव राख्ने व्यक्तित्व बीरेन्द्र संघईको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि केन्द्र विन्दु बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले आउंदो २०८० साल बैशाख महिना सम्म कसैले बीरगंजलाई बीरगंज भन्नै सक्दैन भन्ने पहिचान गराउने हिसावले मितेरी पुल देखि गण्डक सम्म केही नयां योजना ल्याउने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ, यस गौशालाका उपाध्यक्ष द्वय रमेश अग्रवाल, सुनिल खेतान, कोषाध्यक्ष प्रभु दयाल कन्दोई, ग्रिन सिटीका जय प्रकाश खेतान, मारवाडी समाजका केन्द्रिय सदस्य प्रदिप मित्तल, महिला मंचकी पिंकी कानोडिया, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ता, संतोषीमाता मन्दिर पुर्न निर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष एवं यस जीतपुर गौशालाका सचिव शिव गोयल, संतोषीमाता पुर्न निर्माणका उपाध्यक्ष सतिस कुमार चाचान लगायत अन्य गन्यमान्य व्यक्तित्वहरु एवं महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रम संचालन यस वीरगंज जीतपुर गौशालाका महासचिव देवकीनन्दन अग्रवालले गर्नु भएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि राजेशमान सिंहले समाजका हरेक काममा अग्रसर भई योगदान पुर्याउदै आएका तथा यस गौशालाका खबर विज्ञापन निःशुल्क सहयोग स्वेच्छाले रुचीका साथ अग्रपंतीमा राख्दै आएका बाईपास दैनिकका प्रकाशक÷प्रबन्ध निर्देशक धिरज कुमार दारुकालाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । मेयर राजेशमान सिंहले गौशालाका प्रबन्धक श्याक सुन्दर शर्मा, चिकित्कस हरेराम यादवलाई सम्मान गर्नु भएको थियो । साथै गौशालाका पुराना कर्मचारीलाई सम्मान गर्नु भएको थियो ।

सो कार्यक्रममा सबैले गौशालाको बार्षिकोत्सवको शुभकामना दिनुको साथै माता भनेर सम्बोधन गरिने गाय माता रहे मात्र हाम्रो संस्कृति जीवीत रहने जिकिर गरेका थिए भने हाम्रा प्रमुख अतिथिले गौशालाको विकासको लागि तन, मन, धनले सहयोग गर्न आफू जुन बेला पनि तैयार रहेको बताउनु भयो । तथा आयुर्वेदीक घास तैयार हुने ज्थउयलष्अ ःबअजष्लभ पनि गौशालालाई उपलब्ध गराउने बताउनु भयो ।
सो कार्यक्रममा दाताहरुले आर्थिक सहयोग, सवामणी, रोटी अहार सवामणी अन्य सहयोगका साथै गौशालालाई गाय पनि उपलब्ध गराएका थिए ।

अन्तमा धन्यवादन ज्ञापन उपाध्यक्ष राजेश अग्रवालले गर्नु भएको थियो ।

Leave a Reply