आर.के.चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका कार्यालयको सभा हलमा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयको आयोजनामा तथा प्रदेश प्रमुख प्रीति देवको अध्यक्षतामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख यसवन्त यादव रहनुभएको थियो भने विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर १का अध्यक्ष बाशु देव महतो थारु, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ३ का मोजामिल अन्सारी, वडा नम्बर ४ का अध्यक्ष मोहम्द आरिफ, वडा नम्बर ५ का अषेशवर यादव र वडा नम्बर ६ का अध्यक्ष मुना कमकर र गाउँपालिकाका सदस्यहरू, कार्यालयका कर्मचारी, वडा सचिव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, प्रशासन प्रमुख अरबिन्द ठाकुर, सामाजिक विकास शाखाका प्रमुख बिनोद यादव समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बीमासम्बन्धी विविध विषयहरूमा छलफल गरिएको थियो भने सहभागीहरूबीच अन्तरक्रिया समेत भएको थियो।नेपाल बीमा प्राधिकरण मधेस प्रदेश प्रमुख प्रीती देवले गाउँपालिका प्रमुख यादवलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

छलफलका क्रममा बीमा क्षेत्रको प्रवद्र्धन,स्थानीय तहमा बीमाको पहुँच वृद्धि नीतिगत सुधार तथा नागरिकलाई बीमाको फाइदाबारे जनकारी दिने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो।उक्त कार्यक्रममा उपस्थित अधिकारीले स्थानीय स्तरमा बीमा प्राणलीलाई प्रभावकारी बनाउने उपायहरुबारे विस्तृत छलफल गरेका थिए। साथै सर्वसाधारणलाई बीमा सम्बन्धि जनकारी दिनका लागि प्राधिकरणले आगामी दिनमा थप कार्यक्रमहरु सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रमको अन्त्यमा सहभागीहरूले बीमाको महत्व र स्थानीय तहमा यसको प्रभावकारी कार्यन्वयनबारे सुझावहरु प्रदान गरिएको थियो ।

Leave a Reply