कलैया,लोकतान्त्रिक पत्रकार संघको बारा जिल्लास्थित कार्यालयको बुधवार एक विशेष कार्यक्रमका बीच कलैयामा उद्घाटन गरिएको छ ।तराई मधेस लोकतान्त्रिक पार्टीका मधेश प्रदेश अध्यक्ष तथा भौतिक पूर्वाधार तथा विकास पूर्वमन्त्री जितेन्द्र सोनलले कार्यालयको उद्धाटन गर्नुभएको हो ।
उद्घाटन अवसरमा बोल्दै अध्यक्ष सोनलले लोकतन्त्र सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै संघले कार्यालय स्थापना गरेर गतिविधि संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
यस अवसरमा लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय सदस्य विजयेन्द्र चौधरी तथा बारा जिल्ला अध्यक्ष शाहनवाज अन्सारीलाई विशेष रूपमा सम्मान गरिएको थियो ।कार्यक्रममा संघका अन्य सदस्यहरू, स्थानीय पत्रकारहरू तथा पार्टी कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो ।


















