राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा रहेको उचांगल रामदेव कलवार माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा विद्यमान समस्या समाधानको लागि नगर प्रमुख प्रधुमन चौहानको ध्यानाकर्षण गराएका छन् ।विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सोमवार नगरपालिकाको कार्यालयमै पुगेर नगर प्रमुख चौहानलाई ११ बुँदे मागसहितको ध्यानाकर्षाणपत्र बुझाएका हुन् ।विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा विद्यालयमा नआउने गरेको, विद्यार्थीहरुसंग शिक्षकहरुले बालमैत्री व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नरााखिएको, छात्राहरुका छुट्टै शौचालय नभएको भन्दै त्यस्ता समस्या हल गर्न माग गर्दै विद्यार्थीहरुले नगर प्रमुख चौहानलाई ध्याानाकर्षणपत्र बुझाएका हुन् ।कक्षा ११ र १२ मा अध्ययन गर्ने सागर कुमार, रोहित कुमार, विजय कुमार, अजय कुमार, हृदेश कुमार, आलोक कुमार, मनोहर कुमार, नीरज कुमार लगायतको विद्यार्थीहरुको टोलीले नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख चौहानलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here