कसैले पनि अपराध गरेपछि सजाय पाउनु् पर्दछ । मानिसहरु न्यायका लागि अदालतमा जाने गर्दछन् र आफ्ना पीडाहरु न्यायधिससंग पोख्छन । न्यायलय र न्यायधिसमाथिको भरोसाका कारण पनि अदालतमा मानिसहरुले आफ्ना दुःख पोख्ने गरेका छन ।अदालतमा पीडितको पीडा झल्कने गर्दछ तर कतिपय अवस्थामा न्यायलय भ्रमित हुँदा पीडित झन् पीडामा बस्न पर्ने अवस्था सृजना हुन्छ ।
रौतहटको राजपुरको घटना यस्तै हो । जहाँ मानिसलाई जिउँदै जलाएर मारियो, परिवारका सदस्यहरुले नेपालका लगभग सबै संचार क्षेत्रमा आँशू झारेर पीडा राखे तर न्यायधिशले देखेनन् । उच्च अदालत वीरगञ्ज इजलासका दुईजना न्यायधिशले गरेको फैसलाले पीडक भनिएकालाई त राहत भएको होला नै तर पीडितको कुरैै नगरौं । बिल्लीबाठ लागेको छ । एउटा न्यायलयबाट अन्याय भएपनि अन्य ठाउँबाट न्याय पाउने आश भएपनि अदालत धाउनु रहरको कुरा होइन । यस्ता न्याधिशहरु वास्तवमा पढेर न्ययाधिश भएका हुन् कि होइनन् भन्ने प्रश्न पनि समाजमा उठेको छ ।
यसो भनिरहदा न्यायलय र न्यायधिशमाथिको अपमान पनि होला तर दूधको दूध र पानीको पानी छुट्टाउनका लागि बसेका न्यायधिसहरु आफैले पनि सोच्न जरुरी छ । वास्तवमा राजपुर हत्याकाण्ड नै थियो र त्यहाँ पीडित छन् नै तर न्यायलयले नदेख्नु भनेको विडम्बना नै हो ।न्यायलयमाथिको विश्वास घटाउने काम नै हो । न्याय त दिनु नै पर्दछ । आँशुको मुल्य हुदैन हुदैन । यसको मुल्य भनेको पीडकले सजाय पाउनु नै हो ।

















