जियालाल चौधरी,

कोल्हबी,कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित मठ्वा चौरमा सशस्त्र प्रहरी बल कोल्हबीको भवन बुधवार शिलान्यास गरिएको छ ।कोल्हबी नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरीले एक कार्यक्रमबीच सशस्त्र प्रहरी वलको भवनको शिल्यान्यास गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सशस्त्र प्रहरी बलको भवन निर्माण भएपछि नगर क्षेत्रमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने बताउनुभयो । नागरिकको जिउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नगर प्रमुख चौधरीले प्रहरीले सम्पूर्ण ध्यान यसैमा केन्द्रीत गर्नु पर्ने र सुरक्षा निकायलाई सहयोग गर्ने सवालमा आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।करिब ३५ लाखको लागतमा निर्माण हुने सो भवनमा ५ कोठा र एउटा ब्यारेक रहने छ । भवन निर्माण भएपछि कोल्हबीमा शान्ति सुरक्षाको प्रत्याभूति हुने भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन ।शिलान्यास कार्यक्रममा कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस निजगढका प्रमुख बेसपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगरनाथ खड्का, कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी, सोही वडाका पूर्ववडा अध्यक्ष बिरेन्द्र चौधरी, उद्योग वाणिज्य संघ शाखा कोल्हबीका पूर्वअध्यक्ष महेशकुमार साह, कोल्हबी नगर उद्योग वाणिज्य संघ कोल्हबीका महासचिव शम्भु साह, सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रमुख बेसपति सशस्त्र प्रहरी नायब निरीक्षक विश्वनाथ यादव, माओवादी केन्द्र कोल्हबी नगरपालिकाका नगर कमिटी अध्यक्ष रामचन्द्र साफी, राष्ट्रिय अनुसन्धान बिभाग कोल्हबीका प्रमुख अशोक चौधरी, समाजसेवी हरिचन्द्र पनुहर, कपिदेव पजियार, सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply