समाजमा एकै खालमा मानिसहरु बस्दैनन् । फरक फरक खोच र बिचार भएका व्यक्तिहरु बस्ने भएकाले नै समाज भएको हो ।अहिले मानिस समाजबिना रहन सक्दैन तर समाजसंगै परिवार रहन्छ र परिवारमा पनि एकै नासमा मानिसहरु बस्दैनन् । मानिस त्यसै त बिग्रने पनि कुरा आउदैन । केही न केही कारणले मानिस बिग्रन सक्छ । कोही किन नबिग्रियोस् भनेर समाजका हरेक व्यक्तिले ख्याल गर्न आवश्यक छ तर पनि मानिस बिग्रन्छ । मानिस बिग्रियो भन्दैमा उसलाई कुटपिट गर्न हुन्न ।
पछिल्लो समय नेपाली समाज निकै स्वार्थी बन्दै गइरहेको पनि देखिन्छ । परिवारका कोही सदस्य गलत बाटोमा गयो भने उसलाई सुधारमा नाउँमासुधार गृह जस्ता स्थानमा राखिने गर्दछ तर सुधार्न भनेर राखेको ठाँउमा नै जब मान्छेको मृत्यु वा हत्या हुन्छ भने त्योभन्दा ठूलो विडम्बना अरु केही हुनैसक्दैन ।कलैयाको एउटा सुधार गृहमा यस्तै एक प्रकारको घटना घटेको छ । सुधार गृहमा राखिएको व्यक्तिको कुटपिटबाट हत्या भएको छ । सुधार गृह भनेको के कुटपिट गर्ने स्थान हो र ?सबै सुधार गृह गलत नहोलान् तर सुधार गृहको नाउँमा यातना गृह बनाउने अधिकार कसैलाई पनि छैन । यस्ता सुधार गृहहरुमा त कम्तीमा मनोसामाजिक विमर्सकर्ताहरु राखेर गलत बाटोमा लागेकाहरुलाई सही ठाउँमा ल्याउनका लागि पहल गर्नु पर्दछ न कि कुट्ने होइन तर कलैयामा कुटियो र ज्यान लिइयो । अब यो घटनाको प्रहरीले अनुसन्धान गइरहेका कारण सत्य कुरा त बाहिर आउला नै तर सुधार गृह यातना गृह बनाइनु हुन्न । यो विषयमा अब झन् सबै सचेत हुन जरुरी छ ।