हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । हेटौंडामा कोरोना जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

 

 

 

 

 

चौकीटोलकी महिलामा कोरोना देखिएपछी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा, स्वास्थ्यसाखाका कर्मचारी लगायतकाको टोलीले चौकीटोलमा टे«सिङको काम गरेको छ । महिलासंग सम्पर्कमा आएका र सम्भावितहरुको पनि स्वाब संकलन गरेर जाँच गर्ने तयारी गरिएको छ ।

 

 

 

 

हेटौंडामा कोरोना संक्रमण भइसकेकाहरुलाई राख्नका लागि उपयुक्त अस्पताल नहुँदा भरतपुर पठाउनुपरेको मेयर महतले वताउनुभयो । कोरोनाको जाँच गर्ने कामलाई पनि तिव्रता दिइएको उपमेयर लामाले वताउनुभयो ।

 

 

 

यही जेठ नौ गते कोरोना संक्रमणको लक्षण देखापरेपछी कोरोना जाँच गर्नका लागि ल्यावमा परिक्षणका लागि दिइएको थियो । तर, उहाँ त्यसबेला देखि आइसोलेसनमा भन्दा पनि घरमै रहेको चौलागाईले वताउनुभयो ।

 

 

 

 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कोरोना जाँचका लागि नमुना दिएर हेटौ.डाको कर्रामा रहेको आइसोलेसनमा वस्नुको सट्टा घरमानै वस्दै आउनुभएको थियो । उहाँको यही जेठ नौ गते हेटौंडाको कर्रामा रहेको आइसोलेनबाट खकारको नमुना जाँचका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको थियो ।

 

 

 

 

 

कोरोना जाँचको लागि पठाइएको पाँच दिनपछी वल्ल रिपोर्ट प्राप्त भएको हो । पाँच दिन सम्म घरमै वस्दा कोको संग सम्पर्क भएको भन्ने खुलेको छैन ।यसैगरी हेटौंडा ९का एक ५४ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here