वषौंदेखि नेपालका सडकहरुमा रहेका पुलहरुको अवस्था ज्यादै दयनीय छ । अधिकांश पुलहरु पंचायतकालिन समयमा बनेका छन् भन्दा पनि फरक पर्दैन ।बारा जिल्लमा नै रहेका पुलहरुको अवस्था हेरे पनि यो कुरा स्पष्ट हुन्छ । बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित वनस्थली हाट बजार हुँदै रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकासंग जोडिने धनसार खोला भालुघाट झोलुङे पुलको निर्माण कार्य लामो समयदेखि अधुरो छ । अलपत्र छ ।
यो एउटा उदाहरण मात्रै भयो । यस्ता सयौं संरचनाहरुको अवस्था अलपत्र छ । उपभोक्ता समितिमार्फत गर्नुपर्ने सबै काम पूरा भइसकेको अवस्थामा पनि संघीय सरकारले ठेक्कामार्फत गर्नुपर्ने बाँकी काम पूरा नगरेकाले पुल निर्माण कार्य अधुरो रहेको स्थानीयहरुले बताइएरहदा सरकार कति गैरजिम्मेवार रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ । ठेकेदारहरुको मात्रै कमजोरीले काम नभएको पनि छैन । सरकारले पनि बद्मासी गरेको छ । विकास निर्माण कार्यमा सरकारको सही नीति नहुँदा पनि यस्ता समस्या आउने गरेको हो ।यस्ता भौतिक संरचनाहरु बनाउन ढिला गर्न हुन्न । जति ढिला भयो उत्ति नै नागरिकहरुले सास्ती झेल्न पर्ने हो । विकास निर्माणको एउटा महत्वपूर्ण पाटो भनेको नै विकासका संरचनाहरु पनि हुन् ।