जब बर्खायाम सुरु हुन्छ तब नेपालमा बिभिन्न प्राकृतिक प्रकोपले देशलाई तहसनहस बनाएको खबरहरु आउने गर्दछन् । मनसुन सुरु भएसंगै देशका बिभिन्न भागमा प्रकृतिले फेरि बितण्डा मच्चाएको छ । यो हरेक सालजसो हुने गर्दछ । खोलानाला वरपर रहेका नागरिकहरु बढी मारमा पर्ने गरेका छन् । त्यसो त सिन्धुपाल्चोक भन्ने जिल्लामा हरेक बर्ष क्षति गर्ने गरेको छ ।

सबैलाई थाहा छ, प्रकृतिसंग कसैको केही लाग्दैन तैपनि मानिस आफ्नो स्वार्थका लागि प्रकृतिमाथि खेलवाड गर्ने गर्दछ । रुखबिरुबा रोप्नु पर्ने ठाउँमा र रोपिएको रुखबिरुवाहरुको संरक्षण गर्नु पर्ने ठाउँमा उल्दै सरकार आफै चुरे दोहन गर्ने कुरा गर्छ । दोहनको कुरा मात्रै भएको छैन दोहन नै भइरहेको छ ।

चुरे खनेर घर बनाइन्छ अनि बाटो बनाइन्छ । त्यो खेनेको चुरेलाई संरक्षण गर्नुपर्छ भन्ने ज्ञान भएकाहरुले समेत संरक्षणमा चासो दिएको पाइदैन । सरकार त अझै चुरे बिक्री गर्ने कुरा गर्छ । यसरी नेपालको खानी र सम्पदामाथि आक्रमण गर्दै जाने हो भने भोलि नेपाल मरुभूमिमा परिणत हुनेछ । अनि यस्ता अनेकौ प्राकृतिक बिपत्तिहरु आइनै रहनेछन् । त्यसैले अब यस्ता बिपत्तिबाट जोगिनका लागि चुरे जोगाउने कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here