सर्लाही,तपस्वी भनिएका रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा सोमवार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको हो ।
बम्जनविरुद्धहत्या र बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । सोही अभियोगमा पक्राउ गर्ने क्रममा प्रहरीले काठमाडौँबुढानिलकण्ठ नगरपालिका– ६ स्थितउनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो । उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो ।
विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा छापामारेर१ वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ३ करोड ३ लाख नेपाली रुपैयाँ, ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा र एउटा ल्याण्डक्रुजर गाडीसमेत बरामद गरेको थियो ।
बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा उजुरी परेपछि जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनविरुद्ध तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ ।
बाराको निजगढ नगरपालिका– १२ बुङ्गजोरका ३५ वर्षिय बम्जनको वास्तविक नाम रामलाल बम्जन हो । शुरुमा लामो समय बाराको निजगढस्थित हलखोरियामा जङ्गलमा ध्यानमा बसेका भनिएका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए ।