काठमाडौं । सोमवारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साँझ सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित ग¥यो ।

११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो । मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।

त्यस्तै सोमवार नै त्रिपुरेश्वरको दशरथ रङ्गशालाभएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हराएको छ । म्यानमारकी विन थेन्गी टुन, श्वे यी र सान थावोले गोल गरिन् । लेबनानकी ल्याला इस्कन्दारले गोल गरिन् ।
चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

Leave a Reply