बारामा रहेको प्रसिद्ध धार्मिकस्थल गढीमाईमा अर्को महिना ठूलो मेला लाग्दैछ ।एक महिनासम्म चल्ने गढीमाई मेलाको तराई मधेस क्षेत्रमा मात्र होइन देशभर र छिमेकी देश भारतमा समेत यसको महत्व छ ।गढीमाईको धार्मिकसंगै संस्कृतिक महत्व पनि उत्तिकै छ । त्यसैले पनि गढीमाईको दर्शन गर्न आउने भक्तजनहरुको संख्या पनि लाखौं हुने गर्दछ । बारा जिल्लामा परेपनि गढीमाई बारा,पर्सा सहित यस क्षेत्रको एक गौरवको धार्मिक स्थल हो । यसको धार्मिक र सांस्कृतिक प्रचार गर्नु यस क्षेत्रका हरेक नागरिकहरुको पनि कर्तव्य हुनेछ ।
यहाँका जनप्रतिनिधिहरुले समेत यो विषयमा ख्याल गर्न आवश्यक छ । अहिले स्थानीय सरकार भएकाले पनि झनै गढीमाईको वृत्तहर बिकासका लागि सहयोग हुनेछ । हुनत यसअघिको मेलामा पनि जनप्रतिनिधि त थिए तर त्यत्तिबेला कयौं हिसवाले मेला सभ्य हुन सकेको थिएन । जसले गर्दा मेलाको विषयमा विवाद भएको थियो यसपालि यो समस्या बेलैमा समाधान गर्नुु पर्दछ वा यो समस्या आउन दिन नै हुदैन ।
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले गढीमाई मेलामा खानेपानीका लागि उचित व्यवस्था गर्ने बताउनुभएको छ । मेलामा लाखौं भक्तजनहरु आउने भएकाले पानीको व्यवस्थापन पनि एक महत्वपूर्ण पक्ष हो । मन्त्रीको यो सहयोगले भक्तजनहरुले पानी सहज रुपमा पिउन वा प्रयोग गर्न पाउने छन् । सबैले आफ्नो ठाउँबाट जसरी सकिन्छ त्यसरी नै यो मेलालाई सहयोग गर्नुपर्दछ अनि मेला व्यवस्थापन समिति पनि इमान्दार र जिम्मेवार भने बन्न आवश्यक छ ।
















