निजगढ,बारा प्रहरीले जिल्लाको निजगढ र अमलेखगंजका विभिन्न स्थानमा लगाइएको ९ बिगाहा क्षेत्रफलको गाँजा फडानी गरेको छ ।अबैध लागुऔषध गाँजा खेती नियन्त्रणको लागि बारा प्रहरीले चलाएको कारबाहीको क्रममा बिहीवार जिल्लाको निजगगढ नगरपालिका वडा नम्बर १२ र १३ मा करिव ४ बिगाहा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को अमलेखगंजस्थित चकरी र नयाँबस्तिमा ५ बिगाहा गरी ९ बिगाहा क्षेत्रफलको करिव १ लाख ८० हजार गाँजाको बोट फडानी गरी आगो लगाएर नष्ट पारेको हो ।.फडानी गरिएको गाँजाको बोटमा आगो लगाएर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply