दिपेन्द्र जयसवाल
कोल्हबीबाराको कोल्हबी नगरपालिका वडा नम्बर ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेल्वा–धोधरपाको प्राङ्गणमा आज श्री यूनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कपिलदेव प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथि कोल्हबी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सलाउदिन अंसारी रहनु भएको थियो । उहाँले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

साधारण सभामा अध्यक्षको अनुमति लिएर संस्थाका सचिव मनोज चौधरीले वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा पूर्व वडा अध्यक्ष विरेंद्र प्रसाद चौधरी, संस्थाका सदस्य रामेश्वर चौधरी, स्थानीय चिन्तामणि चौधरी लगायतका वक्ताहरूले आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभयो ।सभामा स्थानीय आजाद हुसेन अंसारी, अलिमहम्मद अंसारी, संस्थाका सञ्चालक समिति तथा विभिन्न उप–समितिका पदाधिकारीहरू, सम्पूर्ण शेयर सदस्य तथा शेयरधनी महानुभावहरू, ऋण उप–समिति, लेखा समिति, सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य संस्थाको लेखा समिति संयोजक बिन्दु चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम चौधरीले गर्नुभएको थियो ।

Leave a Reply