पुष्पराज खतिवडा
बारा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले लागूऔषधसहित भारतीय र नेपाली नागरिक गरी २ जनालाई बिहीवार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ निवासी २८ वर्षीय शाह र भारतको बिहार राज्य सुमौली बस्ने वर्ष ३० को दिपकचन्द्र देव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुको साथबाट लागूऔषध गाँजा २६ किलोसहित बरामद भएको प्रहरीको भनाई छ ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बा ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये दिपक कार चालक र अन्जन कारमा सवार थिए । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply