अहिले बिश्वभर कोरोनाको त्रास छ । काममा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, व्यापारी, व्यवसायी, किसान, पत्रकार, सुरक्षा निकाय, मजदुरहरूलाई उच्च मनोबलका साथ काममा निस्कने वातावरण बन्नसक्छ वा सक्दैन, यो नै आजको सर्वाधिक चिन्ताको विषय बनेको छ । कोरोनाका कारण कतिका घरमा चुलो बलेको छैन । जसकोमा बलेको छ, त्यो पनि कति दिन भन्ने अवस्था आइसकेको छ । त्रासपूर्ण मानसिकतामा अस्पतालमा जानु, कोरोना लागेको बिरामी आउने हो कि, मलाई सरेर परिवारलाई पनि सर्ने हो कि भन्ने त्रासमा स्वास्थ्यकर्मीलाई राखिरहनु हुन्न ।
बिरामीको उपचारका लागि चाहिने ल्याब परीक्षण, तालिम प्राप्त जनशक्ति, औषधी, पीपीई नभएर कुनै बिरामीको उपचार नै गर्न नसकिने हो कि भन्ने सोच स्वास्थ्यकर्मीमा बाँकी छ, यसलाई अनपेक्षित मान्नुपर्छ ।चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई पैसा देखाएर प्रोत्साहित गर्ने प्रयास अपर्याप्त मात्र होइन, अपमानजनक छ ।
हरेक व्यक्तिको स्वस्थ भएर जिउन पाउने अधिकारको रक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधी र विषय विज्ञहरूको सरसल्लाहका आधारमा उपकरण उपलब्ध गराउने प्रतिबद्धता सरकारबाट प्रकट हुनुपर्छ ।बारा र पर्साका स्वास्थ्यकर्मीहरुले पनि काम गरिरहेका छन् । उनीहरुलाई पनि सम्मान गर्न लायक छ ।