निजगढ,पूर्वपश्चिम राजमार्गको निजगढस्थित भमरा खोला पुलपारि यात्रुबस दुर्घटना हुँदा आइतवार बिहान ३ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।पोखराबाट जनकपुरतर्फ जादै गरेको ग. १ ख. ९७१८ नम्बरको यात्रुबहाक बस निजगढबाट सिगौंल जाने गेट नजिकैको सडकमा बिहान २ बजे पल्टिएको थियो ।प्रहरीका अनुसार घाइते मध्ये महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५७ वर्षिय प्रेमदोर्जे लामा, महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ९ का वर्ष ४० का जागेश्वर चौधरी, सोही ठाउँ बस्ने वर्ष २७ की प्रियङ्का चौधरी, महोत्तरी सम्सी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २२ की आरती चौधरी, सोही ठाउ बस्ने वर्ष ५७ की कान्तिदेवी मण्डल र सिराह जिल्ला बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वर्ष २० वर्षिय रामबालक रामको अवस्था गम्भीर रहेको छ । उनीहरु मध्ये रामबालक, कान्तिदेवी र आरतीको जनकपुर प्रादेशिक अस्पताल र अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको निजगढ प्रहरीले जनाएको छ । मध्यम अवस्थामा रहेका र अन्य केही घाइतेलाई पनि उपचारको लागि भरतपुर र जनकपुर पठाइएको प्रहरीले बताएको छ ।समान्य घाइतेहरु भने सामुदायिक अस्पताल निजगढ र निजगढ नेशनल हस्पिटलमा उपचारपछि घर फर्किएका छन ।बसका चालक तनहुँ भिमाद नगरपालिका ५ घर भएका ३३ वर्षिय सुनिल थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चालक थापाले दिएको जानकारीअनुसार ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएपछि सडकबाहिर पुगेर बस पल्टिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here